यस्तो छ आज तपाईँको राशिफल

हिमाल प्रेस १५ जेठ २०८३ ५:०६ | Friday, May 29, 2026
12
SHARES
यस्तो छ आज तपाईँको राशिफल

आज मिति २०८३ जेठ १५ गते शुक्रबार। अधिक जेठ शुक्ल त्रयोदशी तिथि। पञ्चाङ्ग परिधि तैतल स्वाति। तदअनुसार मे महिनाको २९ तारिख
यो राशिफल ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्।

मेष

रमाइलो यात्राको योग रहेको छ। रमाइलो भेटघाटमा मन रमाउनेछ। प्रेममा सफलता मिल्नेछ। धेरैले सहयोग गर्ने तत्परता देखाउने छन्।

वृष

सानै प्रयाशले काममा सफलता मिल्नेछ। प्रयास सकारात्मक रहनेछन्। सामाजिक काममा व्यस्त रहनुपर्नेछ।

मिथुन

व्यापार व्यवसायमा लाभ हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ। रोकिएका अधुरा कामहरु बन्नेछन्।

कर्कट

दाम्पत्य जीवन सुखमय रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह

रोजगारीको नयाँ अवसर मिल्नेछ। कूटनीतिक कार्यहरु सफल हुनेछन्। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। मन प्रसन्न रहनेछ।

कन्या

उत्साह र स्फूर्ति बढ्नेछ। सामाजिक कामहरु सफल हुनेछन्। ठूला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ।

तुला

सोचेको आटेको काममा सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ।

वृश्चिक

धार्मिक र सामाजिक काममा मन जानेछ। व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ। मेहनत गरे कामहरु सफल हुनेछन्।

धनु

सामाजिक कार्यमा तत्परता रहनेछ। वैदेशिक यात्रा हुने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। परोपकारी काममा रुचि बढ्नेछ।

मकर

अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ। वैदेशिक कार्यहरू बन्नेछन्। जागिरमा पदोन्नतिको योग रहेको छ।

कुम्भ

शत्रुहरु पराजित हुनेछन्। धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ। काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ।

मीन

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। बिछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

प्रकाशित: १५ जेठ २०८३ ५:०६ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast