यूएईविरुद्ध नेपालको प्लेइङ-११ मा यी खेलाडी अटाए

हिमाल प्रेस १८ वैशाख २०८३ ९:३२ | Friday, May 1, 2026
8
SHARES
यूएईविरुद्ध नेपालको प्लेइङ-११ मा यी खेलाडी अटाए

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा नेपाल र यूएईबीच महत्त्वपूर्ण खेल भइरहेको छ।

नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टोलीले यस खेलका लागि दुई ओपनरसहित कुल चार परिवर्तन गरेको छ।

सबैभन्दा ठूलो आकर्षणका रूपमा युवा ओपनर अर्जुन कुमालले आज सिनियर राष्ट्रिय टोलीबाट एकदिवसीय (ओडीआई) मा डेब्यु गरेका छन्। खेलअघि कप्तान रोहित पौडेल ले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए।

नेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, भिम सार्की, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी समावेश छन्। विकेटकिपरको जिम्मेवारी विनोद भण्डारीले सम्हालेका छन्।

ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलबाट अपेक्षित प्रदर्शन नआएपछि आज अर्जुन र विनोदलाई अवसर दिइएको हो।

प्रकाशित: १८ वैशाख २०८३ ९:३२ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast