आज फेरि बढ्यो सुनको भाउ, कति पुग्यो?

हिमाल प्रेस ४ जेठ २०८३ १०:५५ | Monday, May 18, 2026
आज फेरि बढ्यो सुनको भाउ, कति पुग्यो?

काठमाडौँ- सुनको भाउ आज बढेको छ। सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार तोलामा चार हजार रुपैयाँ घटेको सुनको मूल्य हिजो पनि तोलामा ४५ सय घटेको थियो।

हिजो सुनको भाउ तोलाका २ लाख ९४ हजार रुपैयाँ थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने आज घटेको छ। तोलामा २० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

 

प्रकाशित: ४ जेठ २०८३ १०:५५ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast