सभामुखले गरे प्रतिनिधिसभा, राष्ट्रियसभा र संयुक्त समितिका सभापतिहरूसँग छलफल

हिमाल प्रेस २१ वैशाख २०८३ १७:४४ | Monday, May 4, 2026
सभामुखले गरे प्रतिनिधिसभा, राष्ट्रियसभा र संयुक्त समितिका सभापतिहरूसँग छलफल

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्।

सोमबार सिंहदरबारमा सभामुख अर्यालले उनीहरूसँग बैठक सञ्चालन, बैठक सञ्चालन गर्दा आउनसक्ने अफठ्यारा, आन्तरिक सूचना आदनप्रदान तथा समसामयिक विषयमा छलफल गरेका हुन्।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, संघीय स‌ंसद् उपसभामुख रुबी कुमारी ठाकुर,  राष्ट्रियसभा उपाध्यक्ष लिला कुमारी भण्डारी, संघीय संसद्का महासचिव, सचिवहरू तथा समितिका सचिवको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: २१ वैशाख २०८३ १७:४४ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast