काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
यो रास्वपा संसदीय दलको निरन्तर बैठक हो । रास्वपाले मन्त्रीहरूलाई बैठकमा सहभागी गराएर ‘पूर्वबजेट छलफल’ गरिरहेको छ । बुधबारको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सहभागी भएका थिए ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना सहभागी हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रकाशित: २४ वैशाख २०८३ १०:०७ | Thursday, May 7, 2026
प्रतिक्रिया



