यी १२ कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज

हिमाल प्रेस २३ वैशाख २०८३ १७:२२ | Wednesday, May 6, 2026
18
SHARES
यी १२ कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको छ।

विभागले वैशाख २३ गते जारी गरेको सूचनाअनुसार निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भई क्रियाशील रहेका ट्रेड युनियनहरू संवत् २०८३ सालको अध्यादेश नं. ०७ “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश” का आधारमा खारेज गरिएको हो।

पञ्जिकाधिकारीको निर्णयअनुसार खारेज हुने युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च लगायतका संस्थाहरू रहेका छन्।

यसैगरी स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन समेत खारेजीमा परेका छन्।

विभागका प्रवक्ता मणिनाथ गोपले उक्त निर्णय अध्यादेशअनुसार कार्यान्वयन गरिएको जानकारी दिएका छन्।

उक्त निर्णयसँगै यी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त भएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १७:२२ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast