रास्वपा सभापति रवि लामिछाने
काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा मिति तय भएको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी जेठ १८ मा भारत जान लागेको स्रोतले जनाएको छ। दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।
उनले भारतीय जनता पार्टी (भाजपा)का पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । भारतले विगतमा सत्तारुढ दलका अध्यक्षको नाताले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि यसैगरी औपचारिक भ्रमण गराएको थियो ।
देशको सबभन्दा ठुलो पार्टी तथा सत्तारुढ दलका सभापतिको नाताले अहिले रविलाई पनि भारत भ्रमण गराउन लागिएको भाजपा निकट एक नेताले बताए।




