रास्वपा सभापति रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन्। उनले आइतबार बेलुका ८ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठक भर्चुअल हुने जानकारी दिए।
उनका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिसम्बन्धमा छलफल हुनेछ।
त्यस्तै अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका सन्दर्भमा समेत बैठकमा छलफल हुने बुर्लाकोटीले बताएका छन्।
यी हुन् बैठकका एजेन्डा :
१. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा।
२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन।
३. अनुशासनात्मक कारबाही सम्बन्धमा।
४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा।
५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति सम्बन्धमा।
६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा।
७. विधान संशोधन सम्बन्धमा।
८. संघीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।
९. विविध
क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा।
ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा।
ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा।




