महाधिवशेनतिर लम्कियो रास्वपा

हिमाल प्रेस २७ वैशाख २०८३ ७:३५ | Sunday, May 10, 2026
8
SHARES
महाधिवशेनतिर लम्कियो रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दैछ। आज साँझ ६ बजेलाई तय गरिएको सचिवालय बैठकका ६ वटा कार्यसूची छन्। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

आजको बैठकले पार्टी महाधिवेशनअन्तर्गत् कार्यतालिका ल्याउने छ। केही दिनअघि बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेसँगै रास्वपा महाधिवेशनमा केन्द्रित हुन लागेको हो। रास्वपाले पहिलो महाधिवेशन भदौभित्रै गर्ने गरी यसअघि नै निर्णय गरिसकेको छ। २०७९ साल असार ७ गते गठन भएको रास्वपाको पहिलो महाधिवेशन विभिन्न मितिमा गर्ने भनेर निर्णय हुँदै आए पनि धकेलिँदै आएको छ।

आजको बैठकमा पार्टीका तहगत समितिहरूको भेला, अधिवेशनहरूको विशेष तालिकाबारे छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताए। त्यस्तै आजको बैठकले आयोग, विभाग पदाधिकारी मनोनयन गर्ने कार्यसूची छ। आजै बैठकले जिल्ला समिति विघटन गर्नेबारे पनि छलफल गर्ने प्रवक्ता झाको भनाइ छ।

सचिवालय बैठकले अनुशासनात्मक कारबाहीबारे पनि छलफल गर्नेछ। पछिल्लो समय सांसद, केही नेताहरूको भूमिकालाई लिएर प्रश्न उठेको छ। सामाजिक सञ्जालमा जथाभावी लेख्न चलन बढेको भन्दै त्यसप्रति पनि सचेत गराउने तयारी गरेको रास्वपाका नेताहरूले बताएका छन्।

आजको बैठकले अब बस्ने केन्द्रीय समिति बैठकको मिति तोक्ने छ। बैठकले विविध प्रस्तावमाथि पनि छलफल गर्ने र निर्णय गर्ने कार्यसूची रहेको झाको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०८३ ७:३५ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast