भूपदेवको संयोजकत्वमा रास्वपाले बनायो एकता समायोजन समिति गठन

हिमाल प्रेस ३० वैशाख २०८३ १३:४४ | Wednesday, May 13, 2026
भूपदेवको संयोजकत्वमा रास्वपाले बनायो एकता समायोजन समिति गठन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ ।

बुधवार बिहान बसेको केन्द्रीय समितिको बैठकले शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको हो। समितिको सदस्यहरूमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराई लगायत रहेको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। आचार्यका अनुसार बैठकले समायोजन सम्बन्धी मस्यौदा पेस गर्न जेठ १० गतेको समय सीमा तोकेको छ।

‘बैठकले महामन्त्री भूपदेव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । जेठ १० गतेसम्म समायोजन मस्यौदा पेस गर्न निर्देशन दिएको छ’, उनले भने ।

रास्वपाले फागुनमा भएको निर्वाचनअघि विवेकशील साझा, थरुहटरथारुवान, बालेन शाह समूह र विभिन्न जेनजी समूहसँग एकता गरेको थियो ।

प्रकाशित: ३० वैशाख २०८३ १३:४४ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast