मधेश सरकारको समर्थन विषयले जनमतमा विवाद

हिमाल प्रेस २२ वैशाख २०८३ ११:२६ | Tuesday, May 5, 2026
12
SHARES
मधेश सरकारको समर्थन विषयले जनमतमा विवाद जनमतका नेता चन्दन सिंह र महेश प्रसाद यादव

काठमाडौँ- मधेश प्रदेश सरकारलाई दिएको समर्थनका विषयमा सीके राउत नेतृत्वको जनमत पार्टीमा विवाद देखिएको छ। जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए। तर आज १२ घण्टापछि जनमत संसदीय दलका नेताले भने समर्थन कायमै रहेको बताएका छन् ।

जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै समर्थन कायमै रहेको जनाएका हुन् ।

‘जनमत पार्टीको संसदीय दलको नेता म महेश प्रसाद यादव रहेको छु । मेरो जानकारी तथा मैले नबोलाएको संसदीय दलको बैठक विनाको कुनै पनि निर्णय अधिकारिक नरहेकाले वर्तमान मधेश प्रदेश सकारको मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारलाई जनमत पार्टीको अधिकारिक समर्थन रहीरहेको व्यहोरा जानकारी सहित अनुरोध गर्दछु’ उनले पत्रमा लेखेका छन्।

आज भने फेरि जनमतको चन्दनसिंहले भने सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बसेको बैठकले दलको नेता समेत सिंहलाई बनाउने निर्णय गरेको छ। यसले गर्दा जनमतमा दुई धार देखिएको छ। एकातिर महेशप्रसाद र अर्कातिर चन्दन देखिएका छन्।

प्रकाशित: २२ वैशाख २०८३ ११:२६ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast