वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

हिमाल प्रेस १३ जेठ २०८३ १५:५९ | Wednesday, May 27, 2026
6
SHARES
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे त्रिभुवन विमानस्थल। फाइल तस्बिर

काठमाडौँ– वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या वृद्धि भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांकअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १३.७ प्रतिशतले संकुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो।

त्यसैगरी यस आर्थिक अवधिमा वैदेशिक रोजगारमा जान पुनःश्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ।

यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ। यसमध्ये, महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनःश्रम स्वीकृति लिने कामदारको संख्या पाँच लाख ३४ हजार ४७१ रहेको थियो।

सर्वेक्षणले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १०.० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १८ं५ प्रतिशले बढेर तीन लाख ३३ हजार ३०९ पुगेको थियो।

प्रकाशित: १३ जेठ २०८३ १५:५९ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast