काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा पूरै विकेट गुमाएर २५६ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले ९४ रनको अर्धशतकीय पारी खेले। अर्जुन कुमालले ४८ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रन प्रहार गरे।
त्यस्तै, नेपालका लागि आरिफ शेखले आक्रमक ब्याटिङ गरे। उनले २४ बलमा ४३ रन प्रहार गरे। ओमानका नदीम खानले ३ तथा शकिल अहद र हसनैन शाहले २/२ विकेट लिए।
प्रकाशित: २२ वैशाख २०८३ १३:०८ | Tuesday, May 5, 2026
प्रतिक्रिया



