टि-२० महिला क्रिकेटमा नेपालले हरायो मलेसियालाई

हिमाल प्रेस ८ जेठ २०८३ १३:०५ | Friday, May 22, 2026
6
SHARES
टि-२० महिला क्रिकेटमा नेपालले हरायो मलेसियालाई

काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलमा जित हासिल गरेको छ। मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो।

मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन्। त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन्। उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन्। त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन्। त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई/दुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एक/एक विकेट विकेट लिइन्।

प्रकाशित: ८ जेठ २०८३ १३:०५ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast