काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ः१५ बजेदेखि सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रकाशित: ५ जेठ २०८३ ८:०५ | Tuesday, May 19, 2026
प्रतिक्रिया




