सुतिरहेको अवस्थामा वृद्धको हत्या गरी लुटपाट गर्ने पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८३ ६:०१ | Friday, May 1, 2026
10
SHARES
सुतिरहेको अवस्थामा वृद्धको हत्या गरी लुटपाट गर्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धानपछि नवलपुरमा ७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गरेर फरार भएका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको छ।

गत चैत २३ गते नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुलीमा ७५ वर्षीय जीवनराम थनेत र श्रीमती वर्ष ७१ की गुलवसनिया थनेतलाई निजहरू आफ्नै घरको बिस्तरामा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले निजहरूको टाउकोमा गह्रौँ वस्तुले प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

उनीहरूले गुलवसनिया थनेतले घाँटी र कानमा लगाएको सुनका गरगहना समेत लुटेर लगेका थिए। उपचारार्थ चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएकामा घाइतेमध्येका जीवनराम थनेतको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो।

उक्त घटनामा नवलपुर प्रहरीले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा अनुरोध गरेकामा ब्यूरोबाट प्रहरी निरीक्षकको कमाण्डमा विज्ञ टोली अनुसन्धानका लागि खटाइएको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

उनका अनुसार सिआइबी र प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) समेतको अनुसन्धानपश्चात उक्त घटनामा संलग्न बागलुङ घर भई सुकेधारा काठमाडौँ बस्ने सञ्जय विकलाई काठमाडौँमा पक्राउ गरिएको हो। उनी यसअघि पनि चोरी तथा व्यक्ति हत्याका दोषी हुन्। उनी कारागारमा रहेकै अवस्थामा फरार भएका फेलापरेको सिआइबीले जानकारी दिएको छ।

उनीमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको सिआइबीले बिहीबार विवरण सार्वजनिक गरी जानकारी दिएको छ।

प्रकाशित: १८ वैशाख २०८३ ६:०१ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast