पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमाल प्रेस ४ जेठ २०८३ १३:५२ | Monday, May 18, 2026
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ- बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान करिब ७:२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका-१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

अवरुद्ध भएका सडक तथा राजमार्गमा सवारी गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरूलाई आग्रह गरेको छ।

प्रकाशित: ४ जेठ २०८३ १३:५२ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast