भारतले भन्यो – लिपुलेक क्षेत्रबारे नेपालको एकतर्फी दाबी ठीक होइन

हिमाल प्रेस २४ वैशाख २०८३ १९:२८ | Thursday, May 7, 2026
34
SHARES
भारतले भन्यो – लिपुलेक क्षेत्रबारे नेपालको एकतर्फी दाबी ठीक होइन

काठमाडौँ- भारतले लिपुलेक क्षेत्र आफ्नो भूमि रहेको भनेर नेपालको दाबी ठीक नभएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेक, लिम्यिाधुरा र कालापानी क्षेत्र आफ्नो भूभाग रहेको भनेर नेपालको एकतर्फी दाबी आधारहीन रहेको बताए।

‘लिपुलेक क्षेत्र आफ्नो भूमि रहेको भनेर नेपालले एकतर्फी दाबी गर्नु ठीक होइन,’ बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले भने,‘हामीले स्पष्ट पारिसकेका छौँ–नेपालले गरिरहेको दाबी ठीक होइन, अन्य विषयहरूमा हामी नेपालसँग संवाद गर्न तयार छौँ।’

प्रवक्ता जयसवालले लिपुलेक हालसालमा जन्मिएको विषय नभएको उल्लेख गरे।

‘यो नयाँ विषय होइन, लिपुलेक हालसालमा विकसित विषय पनि होइन,’ उनले भने,‘कैलाश मानसरोबर यात्रा १९५४ देखि चल्दै आइरहेको छ।’

प्रवक्ता जयसवालले सीमासम्बन्धी कुनै विषय भए त्यसका लागि संवाद गर्न आफूहरू तयार रहेको बताए। उनले नेपाललाई मल उपलब्ध गराउन कुनै वाधा नगरिने प्रस्ट पारे।

‘नेपाल र भारतबीच बहुआयामि सम्बन्ध छ, दुवै देशबीच अदानप्रदान चलिरहेको छ,’ उनले भने,‘दुई देशबीच भएको सम्झौताअनुसार तेल आपूर्ति भइरहेको छ, त्यसैगरी मल पनि उपलब्ध गराइने छ।’

प्रकाशित: २४ वैशाख २०८३ १९:२८ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast