ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न सरकारद्वारा सार्वजनिक सवारीको नयाँ दर्ता रोक

हिमाल प्रेस ८ जेठ २०८३ ११:२७ | Friday, May 22, 2026
6
SHARES
ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न सरकारद्वारा सार्वजनिक सवारीको नयाँ दर्ता रोक

काठमाडौँ- सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालय र स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै सरकारले वायु प्रदूषण, बढ्दो सवारी चाप र सडकमा सवारी साधनको चापका कारण आवागमनमा उत्पन्न कठिनाइलाई मध्यनजर गर्दै यो निर्णय लिइएको जनाएको छ।

अर्को सूचना जारी नभएसम्मका लागि विद्युतीय सवारी साधनसहित नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनिएको छ। ‘सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्म तत्कालका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएकाले तहाँ मन्त्रालय अन्तर्गतका कार्यालय तथा पालिकाबाट गरिने सार्वजनिक सवारी साधनहरूको (इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेत) नयाँ दर्ता रोक्का गरिदिनुहुन निर्णयअनुसार ब्यहोरा अनुरोध छ,’ परिपत्रमा भनीएकोछ।

परिपत्रमा देशले हालसम्म सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्न नसकेका कारण अत्यधिक ट्राफिक जाम र आवागमनमा असहजता बढेको उल्लेख छ। यसका साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात सेवाको सञ्चालन र व्यवस्थापनमा थप कठिनाइ उत्पन्न भएको पनि परिपत्रमा जनाइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) लाई उद्धृत गर्दै सरकारले वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति, यातायातको कठिनाइ वा अन्य सम्बन्धित कारणले सार्वजनिक हितका लागि कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्का गर्ने अधिकार यातायात व्यवस्था विभागलाई भएको बताइएको छ।

प्रकाशित: ८ जेठ २०८३ ११:२७ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast