जेनजी आन्दोलन : अनुसन्धानमा तानिए रास्वपाका १६ सांसद

हिमाल प्रेस १३ जेठ २०८३ १७:१४ | Wednesday, May 27, 2026
16
SHARES
जेनजी आन्दोलन : अनुसन्धानमा तानिए रास्वपाका १६ सांसद

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते राजधानीमा जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिसम्बन्धी घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ सांसदलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ।

आयोगले उक्त घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सम्बन्धित सांसदहरूमाथि अनुसन्धान अघि बढाउन सिफारिस गरेको हो। प्रतिवेदनमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिसँग सम्बन्धित कार्यमा उनीहरूको संलग्नता रहेनरहेको, उनीहरूको अभिव्यक्तिका कारण प्रदर्शनकारीहरू आक्रोशित तथा उत्तेजित भई कुनै प्रभाव परेको वा नपरेको, तथा सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पार्ने कार्य भएको वा दुरुत्साहन गरिएको हो कि होइन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै, सम्बन्धित व्यक्तिहरूलाई स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै अनुसन्धान अघि बढाउन र दोषी ठहरिएमा कानुनी कारबाही गर्न सिफारिस गरिएको छ।

अनुसन्धान सिफारिसमा परेका सांसदहरूमा रवि लामिछाने (चितवन २), गणेश कार्की (मोरङ-३), सुलभ खरेल (रुपन्देही-२), बब्लु गुप्ता (सिरहा-१), कृष्ण कार्की (मोरङ-२), डा. तोसिमा कार्की (ललितपुर-३), राजीव खत्री (भक्तपुर-२), सोम शर्मा (बागलुङ-२), केपी खनाल (कैलाली-२), दीपक बोहरा, मनीष झा (धनुषा-३), सुधन गुरुङ (गोरखा-१), आशिका तामाङ (धादिङ-१), पुरुषोत्तम यादव (समानुपातिक), ज्वाला संग्रौला (समानुपातिक), हरि ढकाल (चितवन-१) र शिव यादव (सिरहा-२) रहेका छन्।

प्रकाशित: १३ जेठ २०८३ १७:१४ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast