गगन र विश्वप्रकाशले भेटे पूर्णबहादुर

हिमाल प्रेस २३ वैशाख २०८३ १३:४५ | Wednesday, May 6, 2026
4
SHARES
गगन र विश्वप्रकाशले भेटे पूर्णबहादुर

काठमाडौँ- नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यले भेटवार्ता भएको छ।

सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच बुधबार खड्काको निवास गल्फुटारमा भेटवार्ता भएको हो।

भेटमा विशेष महाधिवेशनपछि उत्पन्न विवाद र संगठनात्मक एकता मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ।

पछिल्लो समय विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्व व्यवस्थापन र आन्तरिक समन्वयबारे असन्तुष्टि देखिँदै आएको छ।

यही पृष्ठभूमिमा शीर्ष नेताहरूबीच निरन्तर संवाद र सहमति खोज्ने प्रयास भइरहेको छ।

प्रकाशित: २३ वैशाख २०८३ १३:४५ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast