विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

हिमाल प्रेस २४ वैशाख २०८३ १५:३४ | Thursday, May 7, 2026
16
SHARES
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो।

अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख, डिल्लीमानले दुई जनाबाट १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख २५ हजार र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट रु पाँच लाख ५० हजार ठगेका थिए।

प्रकाशित: २४ वैशाख २०८३ १५:३४ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast