पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हिमाल प्रेस १८ वैशाख २०८३ २०:१० | Friday, May 1, 2026
12
SHARES
पहिरोले डोजर पुर्दा चालकको मृत्यु प्रतीकात्मक तस्बिर।

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ।

बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिए।

उनका अनुसार कार्की उक्त डोजरका चालक हुन्। सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो।

प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए।

प्रकाशित: १८ वैशाख २०८३ २०:१० | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast