प्रतिबन्धको प्रतिरोध गर्ने विद्यार्थी संगठनको घोषणाा

हिमाल प्रेस १ जेठ २०८३ १५:२० | Friday, May 15, 2026
प्रतिबन्धको प्रतिरोध गर्ने विद्यार्थी संगठनको घोषणाा

काठमाडौँ- संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठनमाथिको प्रतिबन्धविरुद्ध प्रतिरोध गर्ने घोषणा गर्दै ६२ औँ विद्यार्थी दिवस मनाएको छ।

विद्यार्थी दिवसका अवसरमा शुक्रबार काठमाडौँको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसबाट प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पससम्म विरोध र्याली निकाल्दै संयुक्त विद्यार्थी संगठनले प्रतिवन्धविरुद्ध प्रतिरोध गर्ने घोषणा गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले सरकार तिम्रो बहादुरी लिपुलेकमा देखाऊ, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर, विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

विरोध र्यालीपछि आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले विद्यार्थीहरुको अधिकार कटौति गर्ने काम स्वीकार्य नहुने धारणा राखेका छन्।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मुलुकको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका अध्ययन गर्न सरकारलाई सुझाव दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast