प्रहरीमा बढुवापछि क्रिकेटर आरिफ शेखले भने- कर्मको फल प्राप्त भएको महसुस भयो

हिमाल प्रेस २४ वैशाख २०८३ १३:४३ | Thursday, May 7, 2026
12
SHARES
प्रहरीमा बढुवापछि क्रिकेटर आरिफ शेखले भने- कर्मको फल प्राप्त भएको महसुस भयो

काठमाडौँ- नेपाल प्रहरीका सदस्य तथा राष्ट्रिय क्रिकेटर आरिफ शेखले आफ्नो बढुवा र खेल प्रदर्शनको मूल्यांकनप्रति कृतज्ञता व्यक्त गरेका छन्। हालै नेपाल प्रहरीले उनको खेल क्षेत्रमा योगदानको उच्च मूल्यांकन गर्दै एक तह बढुवा गर्ने विशेष निर्णय गरेपछि उनले संगठनप्रति आभार प्रकट गरेका हुन्।

शेखले आफू नेपाल प्रहरी संगठनको सदस्य भएर खेल क्षेत्रमा सुरक्षित रूपमा योगदान दिन पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको बताएका छन्। उनले प्रहरी संगठनको साथ, सहयोग र संरक्षणले आफ्नो खेल जीवनलाई निरन्तरता दिन सहज बनाएको उल्लेख गरेका छन्।

उनले भने,‘आजको यस निर्णयले मेरो कर्मको फल प्राप्त भएको महसुस भएको छ र यसले मलाई अझ बढी जिम्मेवार भएर अघि बढ्न प्रेरित गरेको छ।’

शेखले यो सम्मानले आफूलाई मात्र नभई भविष्यका खेलाडीहरूलाई पनि नेपाल प्रहरीजस्तो प्रतिष्ठित संगठनमा प्रवेश गरी खेलमार्फत राष्ट्र सेवा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

उनले नेपाल प्रहरी संगठन प्रमुख, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, खेलकुद शिक्षालय तथा सम्पूर्ण प्रहरी संगठनप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएका छन्।

प्रकाशित: २४ वैशाख २०८३ १३:४३ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast