बजेट : धितोपत्र बिक्रीमा पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था

हिमाल प्रेस १५ जेठ २०८३ १६:३९ | Friday, May 29, 2026
6
SHARES
बजेट : धितोपत्र बिक्रीमा पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिने व्यवस्था गरिएको बताएका छन्। यसअघि सेयर वा सम्पत्ति बिक्रीबाट प्राप्त नाफामा पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको थियो।

नेपालमा विशेषगरी सेयर कारोबारमा ब्रोकरमार्फत स्रोतमा कर कट्टी हुने प्रणाली लागू छ। तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो।

डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिइने भएको छ। अर्थमन्त्री डा.वाग्लेले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बताएका हुन्।

हाल उपभोक्ताले मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर तिर्दै आएका छन्।

प्रकाशित: १५ जेठ २०८३ १६:३९ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast