अर्जुन कुमालको ओडीआई डेब्यु

हिमाल प्रेस १८ वैशाख २०८३ ९:१० | Friday, May 1, 2026
10
SHARES
अर्जुन कुमालको ओडीआई डेब्यु

काठमाडौँ- युवा ओपनर अर्जुन कुमालले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रियमा (ओडीआई) डेब्यु गरेका छन्। उनलाई कप्तान रोहित पौडेलले यूएईविरुद्धको खेलअघि डेब्यु क्याप प्रदान गरेका हुन्।

नेपाल र यूएईबीचको खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ। यो खेल आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत हो।

अंकतालिकामा पुछारतिर रहेका दुवै टोलीका लागि यो खेल प्लेअफ तथा विश्वकप छनोटतर्फको आशा जिवित राख्ने महत्वपूर्ण अवसर मानिएको छ। शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने प्रावधान छ।

हाल आठ राष्ट्र सहभागी लिग-२ मा नेपाल २२ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ भने यूएई १२ अंकसहित पुछारतिर छ। शीर्ष स्थानमा अमेरिका (३६ अंक), स्कटल्यान्ड (३४), ओमान (२९), नेदरल्यान्ड्स (२८), नामिबिया (२२) र क्यानडा (२१) रहेका छन्।

पछिल्लो भेटमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो। उक्त खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४८.२ ओभरमा १६३ रनमै समेटिएको थियो।

प्रकाशित: १८ वैशाख २०८३ ९:१० | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast