कालिकोट- पोलबाट चुडिएको तारबाट करेन्ट लाग्दा कालिकोटमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–३ लुयाटाका ५५ वर्षीय टिकराम देवकोटा छन्।
मंगलबार साँझ जंगलबाट घर फर्कने क्रममा बाटोमा हिँडिरहँदा पोलबाट चुडिएको विद्युत् तारमा छोइँदा उनलाई करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाउको छ। मृतकको शव पोस्ट मार्टमका लागि अस्पतामा राखिएको छ।
कालीकाटेका प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
प्रकाशित: २३ वैशाख २०८३ ७:५० | Wednesday, May 6, 2026
प्रतिक्रिया



