कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ घाइते

हिमाल प्रेस १२ जेठ २०८३ ११:३८ | Tuesday, May 26, 2026
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ घाइते

 काठमाडौँ- कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।

प्रकाशित: १२ जेठ २०८३ ११:३८ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast