अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु

हिमाल प्रेस १६ जेठ २०८३ १४:०१ | Saturday, May 30, 2026
6
SHARES
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा शनिबार ट्रक पल्टिएर दुर्घटना हुदाँ १० बालबालिकासहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार थिए।

दश जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको मृत्यु भएको पुष्टि गर्दै २९ जना घाइते भएको प्रवक्ताले बताएका छन्। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुलबिचको सडकमा ट्रक दुर्घटना भएको जानाइएको छ।

पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूविरुद्ध कडा नियम लागु गरेसँगै धेरै उनीहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढेको जनाइएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्यांकअनुसार यस वर्षको सुरुदेखि ४ लाख ४७ हजार ४०० अफगानी पाकिस्तानबाट स्वदेश फर्केका छन्।

यसअघि अगस्टमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासी बोकेका बस र अन्य दुई सवारीसाधन जुध्दा १९ बालबालिकासहित ७८ जनाको मृत्यु भएको थियो।

प्रकाशित: १६ जेठ २०८३ १४:०१ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast