प्रभुत्वशाली शक्तिका कारण विश्व गम्भीर संकटमा : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

हिमाल प्रेस २४ साउन २०८३ १३:२८ | Sunday, August 9, 2026
8
SHARES
प्रभुत्वशाली शक्तिका कारण विश्व गम्भीर संकटमा : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

हवाना- नेकपा एमालेका विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रभुत्वशाली शक्तिहरूका कारण विश्व गम्भीर संकटतर्फ धकेलिएको बताएका छन्।

क्युबाको राजधानी हवानामा आयोजित कम्युनिस्ट तथा मजदुर पार्टीहरूको २४औँ अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय कानून, बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकालाई कमजोर पार्ने प्रयास भइरहेको बताए।

शक्ति नै सत्य हुने प्रवृत्ति खतरनाक रहेको भन्दै ज्ञवालीले कानून शक्तिभन्दा माथि र सार्वभौमसत्ता प्रभुत्वभन्दा माथि हुनुपर्नेमा जोड दिए।

प्रविधि र कृत्रिम बुद्धिमत्ताले श्रम तथा अर्थतन्त्रको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा असमानता र गरिबी कायमै रहनु नैतिक संकट भएको उनको भनाइ थियो।

समाजवादलाई विश्वव्यापी असमानताको मानवीय र विवेकपूर्ण उत्तरका रूपमा प्रस्तुत गर्दै विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीलाई शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माणका लागि एकताबद्ध हुन ज्ञवालीले आह्वान गरे।

नेपालको सन्दर्भमा उनले एमालेको वैचारिक मार्गदर्शन जनताको बहुदलीय जनवाद रहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा भएको बताए।

गत वर्षको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र सार्वजनिक सम्पत्तिमाथिको तोडफोडलाई लोकतान्त्रिक आन्दोलन भन्न नसकिने उनले बताए।

प्रकाशित: २४ साउन २०८३ १३:२८ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast