मध्यरातमा पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु, ८ महिने शिशुसहित ३ घाइते

हिमाल प्रेस ९ वैशाख २०८३ ६:४३ | Wednesday, April 22, 2026
मध्यरातमा पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु, ८ महिने शिशुसहित ३ घाइते

काठमाडौँ- धनुषाको मिथिला नगरपालिका ६, ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको ठक्करबाट मिथिला नगरपालिका ६, ढल्केबरकी ३१ वर्षीया विनिताकुमारी महतो गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउँदा चिकित्सकले मृत घोषणा गरे। दुर्घटनामा १६ वर्षीया अनुष्काकुमारी महतो र आठ महिनाकी बालिका घाइते भएकी छन्।

साथै मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन्।

घाइतेको ढल्केबरस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: ९ वैशाख २०८३ ६:४३ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast