काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।
प्रचण्ड निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
प्रतिनिधिसभा निर्वाचनपछि यी दुई शीर्ष नेताबिच भएको यो पहिलो भेटवार्ता हो ।
भेटबारे जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।
भेटवार्तामा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
प्रकाशित: ९ वैशाख २०८३ ६:२३ | Wednesday, April 22, 2026
प्रतिक्रिया



