२३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’

हिमाल प्रेस ८ वैशाख २०८३ १६:३९ | Tuesday, April 21, 2026
6
SHARES
२३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ फाइल तस्बिर।

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ।

यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधी खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसीले जानकारी दिए। यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ।

देशैभरका ६ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधी र ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो।

आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभिटा खुवाउने गरेको छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए।

सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधी खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: ८ वैशाख २०८३ १६:३९ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast