इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान

हिमाल प्रेस १२ वैशाख २०८३ १६:४१ | Saturday, April 25, 2026
10
SHARES
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान फाइल तस्बिर : एफपी

काठमाडौँ– इरानसँग शान्ति वार्ताको नयाँ चरण सुरु गर्न अमेरिकी टोली अमेरिकी टोली शनिबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ प्रस्थान गरेका छन्।

इरानी सञ्चारमाध्यम इर्ना (आईआरएनए) ले इरानी प्रतिनिधिमण्डललाई अमेरिकी दूतहरूसँग प्रत्यक्ष वार्ता गर्ने तत्काल कुनै योजना नरहेको बताएको छ।

स्टिभ विटकोफ र जारेड कुश्नर इस्लामाबादका लागि प्रस्थान गरेपछि ह्वाइट हाउसले दिएको जानकारीमा इरानी प्रतिनिधिहरूसँग ‘प्रत्यक्ष कुराकानी’ गर्ने बताएको छ।

इरानका विदेश मन्त्री अब्बास अराघचीले इस्लामाबाद भ्रमण गर्ने इरानी सञ्चारमाध्यमले शुक्रबार पुष्टि गरेका थिए। इरानी स्रोतका अनुसार अराघचीलाई पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरसँग भेट गरेका छन्। तेहरानको दूतावासले पोस्ट गरेको एक छोटो भिडियोमा यो जोडी सँगै देखाइएको छ।

पश्चिम एसिया युद्ध अन्त्य गर्न सम्झौता गर्नु एक जटिल समस्याको रुपमा देखिएको छ। यद्यपि विश्वको तेल र तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) का लागि महत्त्वपूर्ण जलमार्ग हर्मुज पुनः खोल्न आवश्यक छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले विटकोफ र कुश्नर ‘ इरानी प्रतिनिधिमण्डलका सदस्यहरूसँग’ वार्तामा प्रत्यक्ष संलग्न हुन’ पाकिस्तान प्रस्थान गरेको बताएकी छन्।

लेविटले भनिन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले आह्वान गरेको प्रस्तावमा वार्ताका लागि इरानीहरूले सम्पर्क गरे र प्रत्यक्ष कुराकानीको लागि प्रतिनिधिमण्डल पाकिस्तानतर्फ गएको छ। यो वार्ताले सम्झौताको दिशामा अगाडि बढाउने आशा गरिएको छ।’

दुई हप्ताअघि इस्लामावादमा पहिलो चरणको वार्ताको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले तत्कालका लागि वार्तामा सामेल नहुने तर आवश्यक परेमा पाकिस्तान जान गर्न तयार रहेको बताएका छन्।

इरानी पक्षले अमेरिकी वार्ता टोलीहरूसँग प्रत्यक्ष भेट गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन।

इरानको सरकारी टेलिभिजनले अराघचीको अमेरिकीहरूसँग भेट्ने कुनै योजना नभएको र इस्लामाबादले इरानी प्रस्तावहरू ‘सम्प्रेषण’ गर्न पुलको रूपमा काम गर्ने बताएको छ।

प्रकाशित: १२ वैशाख २०८३ १६:४१ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast