यातायात भाडा ५ प्रतिशतले वृद्धि

हिमाल प्रेस १६ वैशाख २०८३ १२:२० | Wednesday, April 29, 2026
यातायात भाडा ५ प्रतिशतले वृद्धि

काठमाडौँ- यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ५ प्रतिशतले वृद्धि गरेको छ। नयाँ भाडादर आजदेखि लागू हुनेछ।

विभागका अनुसार इन्धनको मूल्यमा उल्लेख्य वृद्धि भएपछि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा स्वतः समायोजन गरिएको हो।

पछिल्लो पटक भाडा निर्धारण गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकामा हाल बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ। अघिल्लो समायोजनको तुलनामा ३०.४१ प्रतिशत वृद्धि हो।

यसै आधारमा यात्रुवाहक बस, पहाडी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक ट्रकको सञ्चालन खर्च बढेकाले भाडा वृद्धि गरिएको विभागले जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको सैद्धान्तिक सहमतिपछि भाडा समायोजन गरिएको हो।

नयाँ व्यवस्था अनुसार दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने (विद्युतीय सवारी बाहेक) सबै सार्वजनिक सवारीमा ५ प्रतिशत भाडा वृद्धि लागू हुनेछ।

विभागले सम्बन्धित सबै सरोकारवालालाई संशोधित भाडा सूचीअनुसार सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

प्रकाशित: १६ वैशाख २०८३ १२:२० | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast