भदौमा कारागारबाट फरार तीन कैदी पक्राउ, लुकेर बसेका थिए

हिमाल प्रेस ११ वैशाख २०८३ ६:१५ | Friday, April 24, 2026
10
SHARES
भदौमा कारागारबाट फरार तीन कैदी पक्राउ, लुकेर बसेका थिए

काठमाडौँ- नेपाल प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी युवाको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका तीन जना फरार कैदीबन्दीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका-१ बस्ने ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका-५ धोबीका ३३ वर्षीय प्रेम तामाङ तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका-९ का २९ वर्षीय नवराज थापालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘निज कैदीबन्दी कारागारबाट फरार भई काठमाडौँको विभिन्न वडा एरियामा लुकीछिपी बस्ने गरेको भन्ने विशेष सूचनाका आधारमा हाम्रो टोलीले पक्राउ गरेको हो।’

फरार कैदीबन्दी कुमाललाई अदालतले लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद, तामाङ कर्तव्य ज्यान तथा डाका चोरीसम्बन्धी मुद्दामा २५ वर्ष कैद हुने ठहरी कैद भुक्तानका क्रममा रहेको र थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका प्रहरीले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८३ ६:१५ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast