सुनचाँदीको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १७ वैशाख २०८३ ११:३७ | Thursday, April 30, 2026
4
SHARES
सुनचाँदीको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो। हिजो सुनको भाउ ३ हजार घटेको थियो भने मंगलबार पनि ३ हजार घटेको थियो। समग्र तीन दिनमा सुनको भाउ ७ हजार ८ सय रुपैयाँ घटेको छ।

आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ। अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १७ वैशाख २०८३ ११:३७ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast