श्रममन्त्रीसँग छ ११ कठ्ठा १३ धुर जग्गा, ८० तोला सुन र १५० तोला चाँदी

हिमाल प्रेस ३० चैत २०८२ ६:३३ | Monday, April 13, 2026
6
SHARES
श्रममन्त्रीसँग छ ११ कठ्ठा १३ धुर जग्गा, ८० तोला सुन र १५० तोला चाँदी

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कठ्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

यस्तै राजविराजमै विभिन्न ठाउँमा २९ कठ्ठा ३३ धुर जग्गा रहेको छ।

यस्तै ८० तोला सुन र १५० तोला चाँदी पैतृक रुपपा पाएको यादवले सम्पत्ति विवरणमा खुलाएका छन्।

उनीसँग विभिन्न बैंकमा ७० लाख नगद रहेको उनले बुझाएका छन्।

उनले २ लाख ७० हजारको मोटरसाइकल रहेको पनि खुलाएका छन्।

प्रकाशित: ३० चैत २०८२ ६:३३ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast