काठमाडौँ- भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्विस एयरको जहाजमा आगलागी हुँदा ६ जना घाइते भएका छन्।
विमानस्थलबाट उडान भर्न लागेको बेला जहाजको इन्जिनमा आगलागी भएको हो।
दिल्लीबाट स्विटजरल्यान्डको जुरिखका लागि प्रस्थान गर्न लागेको विमान धावनमार्गमा गुडिरहेको अवस्थामा इन्जिनमा अचानक आगो देखिएको थियो।
आगलागीको संकेत पाएलगत्तै चालक दलले सावधानी अपनाउँदै विमानलाई रोकेर यात्रुहरूलाई बाहिर निकालेका थिए।
विमानमा कूल २३२ जना सवार थिए। विमानस्थल प्रशासनका अनुसार घटनामा सामान्य चोटपटक लागेका ६ जनालाई उपचारका लागि स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ।
प्रकाशित: १३ वैशाख २०८३ १५:५५ | Sunday, April 26, 2026
प्रतिक्रिया




