रास्वपा केन्द्रीय कार्यालय ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालय बैठक बोलाएका छन्।
आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी उनले सचिवलाय बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ः३० बजे बस्ने बताइएको छ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च, विभागहरूको मनायोनलगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरू, योजना आह्वान, प्रतिनिधसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, संसदीय दलका लागि प्राविधिक सहायता एवं लेवीलगायतका विषय छलफलका एजेन्डा रहेको बताइएको छ।
प्रकाशित: ५ वैशाख २०८३ १९:११ | Saturday, April 18, 2026
प्रतिक्रिया



