वर्षाले खेल प्रभावित, नेपाल ओमानसँग १०२ रनले पराजित

हिमाल प्रेस १६ वैशाख २०८३ १७:३९ | Wednesday, April 29, 2026
2
SHARE
वर्षाले खेल प्रभावित, नेपाल ओमानसँग १०२ रनले पराजित

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाइरहेको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भयो। लामो समयसम्म वर्षा नरोकिएपछि डकवर्थ लुइस (डीएल) पद्धतिअनुसार नेपाल १०२ रनले पराजित घोषित भयो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६० रनको संघर्षपूर्ण पारी खेले पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। उनले ६२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानमा कुशल भुर्तेल १, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए। गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे।

ओमानका लागि बलिङमा नदीम खानले ३ विकेट लिए भने शकील अहमदले २ विकेट हात पारे। वासिम अली र इम्रान मोहम्मदले समान १-१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको विशाल योगफल तयार गरेको थियो।

ओमानका कप्तान जतिन्दर सिंहले शतक प्रहार गर्दै ९६ बलमा १३० रन बनाए। उनले १५ चौका र ५ छक्का प्रहार गरे।

अन्य खेलाडीमा आशिष ओडेरा २३, नदीम खान १, हम्माद मिर्जा ३०, विनायक शुक्ला २३, जितेन रामानन्दी ४३, शकील अहमद ० र आर्यन बिष्ट ३५ रनमा आउट भए।

सिद्धार्थ बुकापटनम १ र वासिम अली १२ रनमा अविजित रहे। नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए।

सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार यूएईसँग खेल्नेछ।

प्रकाशित: १६ वैशाख २०८३ १७:३९ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast