प्रधानमन्त्री कप : गण्डकी प्रदेश विजयी

हिमाल प्रेस २९ चैत २०८२ १८:३१ | Sunday, April 12, 2026
प्रधानमन्त्री कप : गण्डकी प्रदेश विजयी तस्बिर : क्यान

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।

वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेश आठ विकेटले पराजित गरेको हो। सुरुआती ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो। टोलीका सन्तोष यादवले ७७ बलमा ८२ र सल्लाहद्धिन खानले ७७ बलमा ६० रन जोडेका थिए।

गण्डकीका विपिन खत्रीले चार विकेट र अपराजित पौडेलले तीन विकेट लिए।

जवाफी ब्याटिङमा उभिएको गण्डकीले ४४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै दुई सय ११ रन जोडेको थियो। यस टोलीका अर्जुन कुमालले एक सय ३० बल खेल्दै एक सय तीन र सिब्रिन श्रेष्ठले ७७ बलमा ४३ रन जोडे।

लुम्बिनी प्रदेशका दिनेश बोहरा र सन्तोष यादवले समान एकरएक विकेट लिए। आजको खेलमा गण्डकीका अर्जुन कुमालले ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाए।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी तीन विभागीय टोली र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ४ गते हुँदैछ।

प्रकाशित: २९ चैत २०८२ १८:३१ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast