राष्ट्रपति गृहजिल्ला तनहुँ जाँदै

हिमाल प्रेस १४ वैशाख २०८३ ८:१३ | Monday, April 27, 2026
4
SHARES
राष्ट्रपति गृहजिल्ला तनहुँ जाँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) आफ्नो गृह जिल्ला तनहुँ जाँदैछन्। नेपाली सािहत्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल तनहुँ जान लागेका हुन्।

भानु नगरपालिकाका सूचना अधिकारी कृपाहरी लौडारीका अनुसार राष्ट्रपति पौडेलले आज बिहान १० बजे भानु नगरपालिका–४, चुँदी रम्घामा एक विशेष समारोहका बिच उद्यानको जग बसाल्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति पौडेलकै विशेष परिकल्पना र पहलमा यो आयोजनाले मूर्त रूप लिन लागेको हो ।

 

प्रकाशित: १४ वैशाख २०८३ ८:१३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast