काठमाडौँमा चल्न थाल्यो रात्रिकालीन बस, कस्तो छ रुट?

हिमाल प्रेस २ वैशाख २०८३ ६:५४ | Wednesday, April 15, 2026
8
SHARES
काठमाडौँमा चल्न थाल्यो रात्रिकालीन बस, कस्तो छ रुट? काठमाडौँबाट विभिन्‍न स्थान जाँदै गरेको साझा बस। फाइल तस्बिर

काठमाडौँ- नयाँ वर्षसँगै काठमाडौँ उपत्यकामा हिजोदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठका स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएको यस सेवाले रातिको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

हाल सात वटा बस सञ्चालनमा ल्याइएका छन् । बसमा वाइफाइ सुविधा, सिसीटिभी निगरानी र सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिएको छ । बसहरू निर्धारित रुटमा नियमित अन्तरालमा सञ्चालन हुने महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाको लगनखेलबाट बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन भएका छन् ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट रहेको छ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने महानगरले जनाएको छ ।

प्रकाशित: २ वैशाख २०८३ ६:५४ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast