पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

हिमाल प्रेस ११ वैशाख २०८३ ६:०६ | Friday, April 24, 2026
8
SHARES
पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका विजेताहरूलाई कामपाले सम्मान गरेको हो।

कामपाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता दुई जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो।

कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनीहरूलाई सम्मान गरेका हुन्।

सम्मानित हुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा हुन्। जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वल्र्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराते (इको) संघका तर्फबाट भाग लिएका थिए। उनीलाई रु एक लाख ५० हजार नगदसहित सम्मान गरिएको हो।

यस्तै सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म संयुक्त राज्य इमिरेट्स दुबईमा आयोजना भएको मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई रु एक लाख नगदसहित सम्मान गरिएको हो।

५४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले इन्डोनेसियाको अरमानिया र क्वार्टरफाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गरेका थिए।

सम्मान अवसरमा कामपाले खेलका प्रशिक्षकहरूलाई समेत सम्मानित गरेको थियो। सम्मानपछि सामाजिक समितिका संयोजक केसीले खेलाडीहरूको मनोबल उच्च बनाउन कामपाले लगानी बढाउँदै लैजाने बताए। ‘खेलाडीहरूले देशकै नाम राख्नुभएको छ। उहाँहरूलाई लक्ष्यमा पुग्न हामी सहयोग गर्छौँ’, केसीले धारणा राखे।

प्रकाशित: ११ वैशाख २०८३ ६:०६ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast