अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न बालेनले दिएको निर्देशनप्रति महेश बस्नेत आक्रोशित

हिमाल प्रेस १० वैशाख २०८३ ९:०७ | Thursday, April 23, 2026
18
SHARES
अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न बालेनले दिएको निर्देशनप्रति महेश बस्नेत आक्रोशित

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गरेका छन् । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न उर्दी जारी गरेको भन्दै उनले सरकारप्रति आक्रोश पोखेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले ‘शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर’ भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नांगो बनाएको छ। उनकै दलका सभापति रवि लामिछानेले ‘सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठुलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त।’

उनले प्रश्न गरेका छन्, ‘सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने?गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने? सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल–चामल खोस्ने! यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो। विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ। यो सरकार लोकतान्त्रिक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो। यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्।’

 

प्रकाशित: १० वैशाख २०८३ ९:०७ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast