‘लालीबजार’को ‘मै राम्री छु त नी’को आधा गीत युट्युवमा सार्वजनिक, आधा हलमा देखाइने

हिमाल प्रेस १३ वैशाख २०८३ १२:२७ | Sunday, April 26, 2026
6
SHARES
‘लालीबजार’को ‘मै राम्री छु त नी’को आधा गीत युट्युवमा सार्वजनिक, आधा हलमा देखाइने

काठमाडौँ- आगामी १८ बैशाख गतेबाट प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को ‘मै राम्री छु त नी’ को आधा गीत युट्युवमा सार्वजनिक गरिएको छ। षट्कोण आट्र्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् । कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको छ । गीतमा प्रकाश सपुतको शब्द र संगीत छ। गीतको पूर्ण अंश भने हलमै हेर्न पाइने जनाइएको छ । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

गीतमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन् । गीतको नृत्यलाई प्रदीप लामाले निर्देशन गरेका हुन् ।

निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ ।फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् ।

 

प्रकाशित: १३ वैशाख २०८३ १२:२७ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast