सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

हिमाल प्रेस २८ चैत २०८२ ८:०० | Saturday, April 11, 2026
16
SHARES
सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास गीता मन्त्री चौधरीको निर्देशमा मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल र तीन हजार नौ सय ४५ रुपैयाँ प्रतिक्विटल मूल्य निर्धारण गरिएको कृषि मन्त्रालयले जनाएको छ । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो ।

१८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसा वृद्धि भएको हो ।

गत आर्थिक गत वर्षमा गहुँको मूल्य तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धान दुई हजार आठ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो ।

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

प्रकाशित: २८ चैत २०८२ ८:०० | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast