काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २७ सयले बढेर तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४९९५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो।
प्रकाशित: १३ वैशाख २०८३ ११:३७ | Sunday, April 26, 2026
प्रतिक्रिया




